विपदको जोखिमसँग सामना गर्नसक्ने संस्थागत क्षमता स्थापना गर्न आवश्यक छ: महा मन्त्री थापा
भक्तपुर । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले विभिन्न विपदको जोखिमसँग सामना गर्नसक्ने संस्थागत क्षमता स्थापना गर्न आवश्यक रहेको बताएका छन् । नेपाली कांग्रेस मध्यपुरथिमि नगर समितिद्वारा शनिबार आयोजित कार्यक्रममा उनले विपत्तिसँग जुध्ने संस्थागत क्षमता विकास गर्न तीनै तहका सरकारको ध्यान जानुपर्ने बताए ।
पटक पटकको विनाशकारी भूकम्प, हालैको बाढीपहिरो र डुबान जस्ता विपदले पाठ सिकाएको जनाउँदै उनले भने, “ भनेर प्रकृतिले भनिरहेको छ, प्रकृतिसँग जुधेर होइन मिलेर प्रकृतिको विनाश नगरी विकास गर्नुपर्छ ।” उनले सबैले आलोपालो सरकारमा बस्दै आएकाले दोष दिनेभन्दा निकास निकाल्नेबारे अगाडि बढ्नु पर्ने औँल्याए ।
कांग्रेस जिल्ला अध्यक्ष दुर्लथ थापाले विपदमा सबैले जुटेर काम गर्न र जनताको सेवामा कांग्रेस अगाडि बढ्न आग्रह गरे । कांग्रेस मध्यपुर नगर अध्यक्ष सभापति हरिदास प्रजापति लगायतले मध्यपुर युवा रक्तदाता स्वयंसेवी मध्यपुरथिमिले म सेवा गर्छु भन्ने नाराका साथ बिरामीका लागि तत्काल आवश्यक पर्ने रगत उपलब्ध गराउने दुई सय २० भन्दा बढी सदस्य रहेको बताए । रगत चाहिए रक्तदाता समाजलाई सम्झन पनि उनले आह्वान गरे ।
प्रतिक्रिया