अदालतको अधिकार कटौतीसहित इजरायलमा नयाँ कानुन पारित

काठमाडौं । जनताको चर्को विरोधकाबीच इजरायलको संसदले न्यायिक प्रणालीमा सुधार गर्न ल्याइएको विधेयकलाई अनुमोदन गरेको छ । विपक्षीले भने मतदान बहिष्कार गरेका छन् ।

परिवर्तनको विरोधमा इजरायलको इतिहासमा सबैभन्दा ठूलो प्रदर्शन भएको छ ।जेरुसेलममा मतदानको दिन संसद बाहिर प्रदर्शन गरिरहेका मानिसहरूलाई तितरबितर पार्न प्रहरीले पानीको फोहोरा प्रयोग गरेको छ ।

विपक्षीले यो विधेयक कानुन बनेमा इजरायलमा लोकतन्त्र खतरामा पर्ने चेतावनी दिएका छन् । विधेयकको समर्थनमा तर्क गर्दै सरकारले संशोधन गरेपछि शक्तिको असन्तुलन हट्ने बताएको छ ।

संसदमा मतदान हुनुअघि इजरायलमा यस विधेयकको विरोधमा कडा प्रदर्शन भएको थियो । विधेयकमा सहमतिका लागि सोमबार पनि वार्ता भएको थियो तर त्यो असफल भएको थियो ।

नयाँ ऐनमा सरकारका केही निर्णयलाई सर्वोच्च अदालतले पनि उल्टाउन नसक्ने उल्लेख छ  । नयाँ कानून मार्फत न्याय प्रणालीमा यस्ता धेरै परिवर्तन भएका छन् ।

प्रतिक्रिया