खाद्यले भोलिदेखि खसी, बोका र च्याङ्ग्रा बिक्री गर्ने

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले काठमाडौं उपत्यकामा दशैंका लागि खसीबोका भित्र्याएको छ । कम्पनीले शनिबार थापाथलीमा खसीकोबा झारेको हो । हरेक वर्षजस्तै आइतबारदेखि सहुलियत मूल्यमा बिक्री शुरु गर्ने तयारी  खाद्य व्यवस्था तथा व्यापार  कम्पनी लिमिटेडले  जनाएको छ  ।

यस वर्षका जिउँदो खसीबोकाको मूल्य ६७० रुपैयाँ प्रतिकेजी निर्धारण गरिएको छ भने च्याङ्ग्राको १२३० तोकिएको छ । यो मूल्यमा १० प्रतिशत छुट दिने कम्पनीले जनाएको छ । च्याङ्गा भने ल्याइएको छैन ।  यो वर्ष एक हजारदेखि बढीमा १५ सय वटा खसीबोका र ३०० कालो च्याङ्‍ग्रा ल्याउने तयारी गरेको कम्पनीले जनाएको छ  ।

 

प्रतिक्रिया