मन्थली–काठमाडौं सडक फेरि अवरूद्ध

काठमाडौं । विपदजन्य  वर्षाका कारण गत शनिबार गएको बाढी र पहिरोका कारण तीन दिनअघि मात्र नियमित भएको  मन्थली–काठमाडौं यातायात शनिबार बिहान देखि अवरुद्ध भएको छ।

दोलखाको मेलुङ गाउँपालिकास्थित मालुखोला नजिक ज्यामिरे भन्ने ठाउँमा बाटो तामाकोशी नदी किनारमा भाँसिएपछि सवारीसाधन आवागमन अवरुद्ध बनेको हो।

मन्थलीबाट खुर्कोट हुँदै नेपालथोक–काठमाडौं सम्मको आवागमन खुर्कोटमा भएको पुल बगाएपछि र नेपालथोक देखि भकुण्डेबेँसी सम्मको सडक रोशी खोलाले बगाएपछि वैकल्पिक मार्गका रुपमा मन्थलीबाट चरिकोट हुँदै सिन्धुपाल्चोकको खाडिचौर निस्केर काठमाडौं आवतजावत गर्ने गरी बाटो खुलाइएको  थियो। 

बाटो अवरुद्ध भएपछि रामेछाप, सोलु र ओखलढुंगाका विभिन्न भागबाट काठमाडौं जाने र तीनै स्थानका लागि काठमाडौं बाट छुटेका मालवाहक र यात्रुवाहक सवारी साधन रोकिएका छन्।

प्रतिक्रिया