सिन्धुलीमा मृतकका परिवारलाई आर्थिक सहयोग

सिन्धुली ।  सङ्घीय सरकारले बाढी पहिरोमा ज्यान गुमाएका व्यक्तिका परिवारलाई आर्थिक सहयोग प्रदान गरेको  छ । 

कमलामाई नगरपालिका–९ भीमानस्थित सुके खोलाको बाढीमा ज्यान गुमाएका ४६ वर्षीय कृष्णबहादुर बोगटी  र पहिरोमा पुरिएका सुनकोशी गाउँपालिका–१ नेपालथोकका १२ वर्षीय विनय कोइरालाका अभिभावकलाई दुई लाख रुपैयाँका दरले आर्थिक सहयोग गरिएको हो । 

मन्त्रिपरिषदको हालैको बैठकले मृतकका आफन्तलाई प्रति मृतक रु दुई लाख आर्थिक सहयोग गर्ने निर्णय गरेबमोजिम उक्त रकम प्रदान गरिएको जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी लीलाप्रसाद शर्माले बताए । 

 

प्रतिक्रिया