मन्थली–काठमाडौं आवागमन फेरि अवरुद्ध

रामेछाप । लगातारको वर्षाका कारण गत शनिबार गएको बाढी र पहिरोका कारण तीन दिन अघि मात्र नियमित भएको  मन्थली–काठमाडौं यातायात शनिबार बिहान देखि अवरुद्ध भएको छ । 

दोलखाको मेलुङ गाउँपालिका स्थित मालुखोला नजिक ज्यामिरे भन्ने ठाउँमा बाटो तामाकोशी नदी किनारमा भासिए पछि सवारीसाधन आवागमन अवरुद्ध बनेको हो । 

मन्थली बाट खुर्कोट हुँदै नेपालथोक–काठमाडौं सम्मको आवागमन खुर्कोटमा भएको पुल बगाए पछि र नेपालथोक देखि भकुण्डेबेसी सम्मको सडक रोशी खोलाले बगाए पछि वैकल्पिक मार्गका रुपमा मन्थली बाट चरिकोट हुँदै सिन्धुपाल्चोकको खाडिचौर निस्केर काठमाडौं आवतजावत गर्ने गरी बाटो खुलाइएको  थियो ।  

बाटो अवरुद्ध भए पछि रामेछाप, सोलु र ओखलढुंगाका विभिन्न भाग बाट काठमाडौं जाने र तीनै स्थानका लागि काठमाडौं बाट छुटेका मालवाहक र यात्रुवाहक सवारीसाधन रोकिएका छन् । 

अवरुद्ध बाटो खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ । 
रासस 

प्रतिक्रिया