हाइटीमा गोली हानाहान हुँदा ७० जनाको मृत्यु

एजेन्सी । हाइटीमा गोली हानाहानमा महिला र बालबालिका सहित ७० जनाको मृत्यु भएको छ । 

घटना बारे शुक्रबार संयुक्त राष्ट्रसंघले विज्ञप्ति जारी गर्दै समस्या ग्रस्त हाइटीमा एक गिरोहको गोली हानाहानमा महिला र बालबालिका सहित  ७० जनाको मृत्यु भएको र हाइटी “आतंकित” भएको जनाएको हो ।

संयुक्त राष्ट्रसंघको मानव अधिकार कार्यालयले  पोर्ट सोन्डेमा भएको आक्रमणमा १६ जना गम्भीर घाइते भएको र दर्जनौं घर र सवारीसाधनमा आगलागी भएको जनाएको छ । 

अराजकतामा डुबेको विश्वको सबै भन्दा गरिब देशमध्ये एक, हाइटीमा गिरोहहरूले राजधानी पोर्ट–ओ–प्रिन्स कब्जा गरेका छन् भने सुरक्षा र स्वास्थ्य प्रणाली ध्वस्त भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् 

आक्रमणमा गिरोहका सदस्यहरूले ४५ वटा घर र ३४ वटा गाडीमा आगो लगाएको बताइएको छ । गत साता संयुक्त राष्ट्रसंघको मानवअधिकार कार्यालयले हाइटीमा यस वर्षको हिंसामा तीन हजार ६ सय   मानिस मारिएको बताएको थियो । 

प्रतिक्रिया