देशभर १४ हजार ९७५ जनामा डेंगु संक्रमण

काठमाडौं । देशभर डेंगु संक्रमितको संख्या  १४ हजार पुगेको छ । 

इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका अनुसार शुक्रबार सम्म देशभर १४ हजार नौ सय ७५ जनामा डेंगु  रोगको संक्रमण देखिएको छ । हाल सम्म हुम्ला बाहेक सबै जिल्लामा डेंगुका बिरामी फेला परेका छन् । 

डेंगुको संक्रमण बाट हाल सम्म सात जनाको मृत्यु भइसकेको छ । डेंगुको संक्रमण सब ैभन्दा बढी गण्डकी प्रदेशमा देखिएको छ । गण्डकी प्रदेशमा छ हजार नौ सय २० जनामा डेंगु देखिएको सरुवा रोग नियन्त्रण महाशाखाले जनाएको छ । यसैगरी कोशी प्रदेशमा एक हजार तीन सय २९, मधेसमा दुई सय ८६, बागमतीमा चार सय ८९, लुम्बिनी नौ सय ९५, कर्णालीमा दुई सय २० र सुदूरपश्चिम प्रदेशमा सात सय ३६ जनामा डेंगु संक्रमण देखिएको छ । 

उपत्यकामा दुई हजार नौ सय ९८ जनामा डेंगु  संक्रमण देखिएको छ । काठमाडौं जिल्लामा एक हजार नौ सय ८६ भक्तपुरमा दुई सय २३ र ललितपुर चार सय ८९ जनामा डेंगी संक्रमण  पुष्टि भएको छ । डेंगु रोगको संक्रमण बढे पछि स्वास्थ्य मन्त्रालयले हरेक शुक्रबार सरकारी, गैरसरकारी कार्यालय र अस्पताल परिसरमा सरसफाइ गर्नुको साथै ‘लामखुट्टे खोज र नष्ट गर’ अभियान सञ्चालन गर्न आग्रह गरेको छ ।

प्रतिक्रिया