बाढी पहिरोमा परी दुई सय ३९ जनाको मृत्यु, १८ जना बेपत्ता

काठमाडौं ।  अघिल्लो साता आएको बाढी पहिरोमा परी हाल सम्म दुई सय ३९ जनाको मृत्यु भएको छ भने १८ जना बेपत्ता छन् । 

अन्य एक सय ७८ जना घाइते भएका गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारी जानकारी दिएका छन् । 
 
हालसम्म बाढी पहिरो प्रभावित क्षेत्र बाट १७ हजार एक सय २० जनाको उद्धार गरिएको छ भने  सहायता परिचालन र अवरुद्ध राजमार्गको मर्मत गरी यातायात सञ्चालन गर्न  प्रयास भइरहेको प्रवक्ता तिवारीले बताए । 
रासस 

प्रतिक्रिया