पूर्वराजा ज्ञानेन्द्र शाहलाई भुटानमा राष्ट्रिय सम्मान, भेटघाटमा व्यस्त ( तस्विरहरु )

काठमाडौं । भुटान भ्रमणमा रहेका पूर्व राजा ज्ञानेन्द्र शाहलाई राष्ट्रिय सम्मान प्रदान गरिएको छ ।

पूर्व राजा शाह भुटानका राजा जिग्मे केशर नामग्याल वान्चुकको निमन्त्रणामा हिजो बिहिबार भुटान गएका हुन्् । भुटान भ्रमणमा व्यस्त रहेका ज्ञानेन्द्र शाहसँग भुटानका राजा जिग्मे केशर नामग्याल वान्चुक र रानी जेत्सुन पेमासँग भेटघाट भएका तस्विरहरु सार्वजनिक गरिएको छ । पूर्वराजा शाहसँग भुटानका पूर्व राजा जिग्मे सिंगे वान्चुकको पनि भेटघाट भएको छ । साथै भुुटानी राजाको जिजुमुवाले समेत पूर्व राजा ज्ञानेन्द्रसँग भेटेका तस्विरहरु सार्वजनिक गरिएको छ ।  

पूर्व राजा शाह, परिवारका सदस्य सहित भुटानको राष्ट्रिय बायुसेवा ड्रुक एयरको चार्टर फ्लाइटबाट भुटानको राजधानी थिम्पु पुगेका हुन् । 
 

प्रतिक्रिया