पूर्वराजा शाहलाइ भुटानमा राजकीय सम्मान

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहलाई भुटानमा राजकीय सम्मान प्रदान गरिएको छ । निजीभ्रमणका शिलशिलामा बिहीवार भुटान पुगेका पूर्वराजा शाहलाई भुटानी राजपरिवारले राजकीय सम्मान प्रदान गरेको हो ।शाहलाई थिम्पुस्थित पारोअन्तर्राष्ट्रिय विमानस्थलमा भुटानकी राजकुमारी पेम ल्हादेन पेम पेमवाङचुकले स्वागत गरिन् ।

पूर्वराजा शाहसहित उनकीछोरी प्रेरणा र परिवारकासदस्यहरु शिताष्मा शाह, राजेश सिंह र स्वकीय सचिव सागर तिमल्सिना पनिभुटान गएका छन् ।

भुटानमा रहँदा पूर्वराजा शाहले विभिन्न धार्मिक क्षेत्रकोभ्रमण गर्ने र विभिन्न व्यक्तित्वहरुसँग भेटघाट गर्ने बताइएको छ । पूर्वराजा शाह असोज २० गते आइतबार स्वदेश फर्कने जनाइएको छ ।

 

 

 

 

 

 

प्रतिक्रिया