सिरहाका ६ स्थानमा  यात्रु सहायता कक्ष

सिरहा ।  चाडपर्वको समयमा यात्रुलाई हुने समस्यामा सहजीकरण गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालय सिरहाले जिल्लाका छ स्थानमा  यात्रु सहायता कक्ष स्थापना गरेको छ ।

दशैं, तिहार तथा छठपर्वलाई लक्षित गरी सवारी टिकट काउन्टरमा हुने भीडभाड तथा यात्रु ठगिने कार्य नियन्त्रण र समस्याको तत्काल सुनुवाइ गर्न लहान, सिरहा बजार, धनगढीमाई, गोलबजार, मिर्चैया र बन्दिपुरमा सहायता कक्ष सञ्चालनमा ल्याइएकोे जिल्ला ट्राफिक कार्यालयका प्रमुख पोषणराज थपलियाले जानकारी दिए । 

यस्तै, राजमार्गमा वर्षाका कारण परेका खाल्डाखुल्डी पुरेर यातायात सञ्चालनमा सहजता ल्याउन सरोकार भएका निकायसँग समन्वय भइरहेको ट्राफिक कार्यालय प्रमख थपलियाले बताए । 

प्रतिक्रिया