परराष्ट्रमन्त्री राणा स्वदेश फिर्ता

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा स्वदेश फर्किएकी छिन् । 

परराष्ट्रमन्त्री राणा कतारको दोहामा आयोजित एशिया कोअपरेसन डायलग (एसिडी) को तेस्रो सम्मेलनमा भाग लिई शुक्रबार स्वदेश फर्किएकी हुन् । 

क्यानाडाको टोरन्टोमा आयोजित विश्वका महिला विदेशमन्त्रीहरुको बैठक, अमेरिकाको न्युयोर्कमा आयोजित संयुक्त राष्ट्रसंघको ७९ औं महासभा बैठकबाट सो सम्मेलनमा सहभागिता जनाउन परराष्ट्रमन्त्री राणा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै कतार पुगेकी थिइन् ।  आफ्नो विदेश भ्रमण नेपालको छवि बढाउन र समृद्धिका लागि बाह्य लगानी भित्र्याउने काममा फलदायी रहेको परराष्ट्रमन्त्री राणाले बताइन् । 

कतारमा आयोजित सम्मेलनमा एसिडी सम्मेलदनको क्रममा परराष्ट्रमन्त्री राणाले विभिन्न देशका समकक्षीहरुसँग द्विपक्षीय हितका विविध विषयमा छलफल गरेकी थिइन् । 

प्रतिक्रिया