राहत रकम उपलब्ध गराउन प्रदेश सरकारको ध्यानाकर्षण

जनकपुर । मधेस प्रदेशका सत्ता गठबन्धन दलले अविरल वर्षाका कारण हालै भएको क्षतिमा सहयोगका लागि राहत रकम उपलब्ध गराउन प्रदेश सरकारको ध्यानाकर्षण गराएका छन् । आज शुक्रबार बसेको सत्ता गठबन्धन दलको बैठकमा बाढीपहिरो र डुबानका कारण प्रभावित परिवारलाई सहयोगका लागि प्रदेश सरकारको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आवश्यक रकम सहयोग गर्न सुझाव दिएका छन् ।

बैठकले प्रदेश सरकार मातहतमा रहेका संस्था, संयन्त्र र निकायमा राजनीतिक नियुक्तिका पद सङ्ख्या, अवस्था, कामकाजको प्रभावकारितालगायत विषयमा आवश्यक अध्ययन, विश्लेषण र मूल्याङ्कन गर्नेगरी एक समितिसमेत गठन गरेको छ ।

मधेस प्रदेशसभा, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपां) नेपाल संसदीय दलका उपनेता उपेन्द्र महतोको संयोजकत्वमा गठित समितिमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का तर्फबाट प्रदेशका खेलकुद तथा समाजकल्याण मन्त्री प्रमोदकुमार जयसवाल, नेपाली कांग्रेसका तर्फबाट ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्री शेषनारायण यादव र जनमत पार्टीका तर्फबाट प्रदेशसभा सदस्य सञ्जयकुमार यादव सदस्य रहेका छन् ।

प्रतिक्रिया