राष्ट्रिय स्वतन्त्र पार्टी द्वारा मोबाइल नेटवर्क समस्या समाधान गरिदिन सरकारसँग माग

काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पहिरोबाट प्रभावित नागढुङ्गा देखि मुग्लिन सम्म मोबाइल नं नेटवर्कको समस्या समाधान गरिदिन सरकारसँग माग गरेको छ । 

रास्वपाको उप सभापति एवं प्रतिनिधिसभा सदस्य डोरप्रसाद अर्यालले सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङलाई शुक्रबार ध्यानार्कषणपत्र बुझाउँदै अस्थायी समाधानका लागि मोबाइल भ्यानको विकल्पबारे अवगत गराएका छन् । 

प्राकृतिक विपदले पृथ्वी राजमार्ग अन्तर्गत नागढु्ङ्गा देखि मुग्लिन सम्म धेरै स्थानमा पहिरोका कारण बाटो एकतर्फी मात्र सञ्चालनमा रहेको उल्लेख गर्दै सांसद अर्यालले तत्काल सम्बन्धित निकायमा निर्देशन गर्न एवं स्थायी समाधानका लागि नेपाल टेलिकम र एनसेललाई उचित निर्देशन दिन आग्रह गरे ।

प्रतिक्रिया