निर्वाचन खर्च विवरण सार्वजनिक नगर्ने दुई हजार ४ सय ४० जना उम्मेदवारमाथि कारबाही हुने

काठमाडौं । प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन २०७९ मा निर्वाचन खर्च विवरण सार्वजनिक नगर्ने दुई हजार ४ सय ४० जना उम्मेदवारमाथि कारबाही हुने भएको छ । खर्च विवरण सार्वजनिक नगर्नेमा निर्वाचित जनप्रतिनिधि तथा प्रमुख राजनीतिक दलका पदाधिकारी तथा चर्चित अनुहारसमेत  छन ।

खर्च विवरण सार्वजनिक नगर्नेमा एक हजार ४३ जना प्रतिनिधि सभा सदस्य पदका र एक हजार ३ सय ९७ जना प्रदेश सभा सदस्य पदका उम्मेदवार छन् ।  कानुनबमोजिम खर्च विवरण सार्वजनिक नगर्ने प्रत्येक उम्मेदवारले १५ हजार रुपियाँ जरिबाना तिर्नुपर्ने छ ।

खर्च विवरण सार्वजनिक नगर्ने उम्मेदवारले तिर्ने जरिबानाबाट करिब तीन करोड ६६ लाख रुपियाँ सङ्कलन हुने देखिएको छ ।

त्यस सम्बन्धी निर्णय निर्वाचन आयोगले चाँडै गर्ने तयारी गरेको छ ।  खर्च विवरण सार्वजनिक नगर्नेमा मधेश प्रदेशका उम्मेदवारको संख्या सबैभन्दा बढी छ । प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन गत मङ्सिर ४ गते सम्पन्न भएको थियो ।

जसमा प्रतिनिधि सभा सदस्यको प्रत्यक्षतर्फ दुई हजार ४११ जना उम्मेदवार थिए । प्रदेश सभा सदस्यको प्रत्यक्षतर्फ तीन हजार २२४ गरी कुल पाँच हजार ६३५ जना उम्मेदवार थिए ।

प्रतिक्रिया