कोशी प्रदेश सरकारको वैधानिकता माथि सर्वोच्च अदालतको पूर्ण इजालासमा छलफल हुँदै
काठमाडौं । कोशी प्रदेश सरकारको वैधानिकता माथि आजवाट सर्वोच्च अदालतको पूर्ण इजालासमा छलफल हुँदैछ । कोसी सरकारको वैधानिकता विवादको मुद्दा ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको इजलासमा परेको छ ।
गत २१ असारमा कांग्रेस संसदीय दलका नेता उद्धव थापाले सभामुख बाबुराम गौतमको समेत समर्थन पेस गरेर मुख्यमन्त्रीमा दाबी पेस गरेर मुख्यमन्त्री नियुक्ती गरे पछि असन्तुष्ट पक्ष सर्वाेच्च पुगेका थिए ।
संविधान बिपरित सभामुखको हस्ताक्षर प्रयोग गरेर थापालाई प्रदेश प्रमुख परशुराम खापुङले मुख्यमन्त्री नियुक्त गरे पछि सोको बिरुद्धमा प्रदेशको सबैभन्दा ठुलो दल नेकपा एमाले सर्वोच्च अदालतमा पुगेको हो ।
मुख्यमन्त्री थापा, सभामुख गौतम र प्रदेश प्रमुख खापुङलाई बिपक्षी बनाएर दिएको मुद्धामा सोमवार सुनुवाइ हुदाँ न्यायाधीशद्वय सुष्मालता माथेमा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले उक्त रिट निवेदन पूर्ण इजलासमा पठाउन आदेश दिए पछि आजबाट पूर्ण इजलासमा सुनुवाइ हुन लागेको हो ।
संविधानको धारा १६८ (दुई ) अनुसार दुई वा दुई भन्दा बढी दलको समर्थनमा मुख्यमन्त्री नियुक्त हुन नसक्ने र १६८ (तीन ) अनुसार ठूलो दलको संसदीय दलको नेताका हैसियतमा आफू मुख्यमन्त्री हुने कार्कीको दाबी थियो ।
तर, प्रदेश प्रमुख खापुङले सभामुखको हस्ताक्षरसहित आएको पत्रलाई मान्यता दिदै थापालाई मुख्यमन्त्रीमा नियुक्त गरेका थिए । सो बिषयमा आजवाट पूर्ण इजलासमा सुनुवाइ हुन लागेको हो ।
प्रतिक्रिया