श्रीलंकन एअरलाइन्सको चरम लापरवाही, खेलाडीहरुको लगेज छोडेर पुग्यो कोलोम्बो( भिडियो सहित)

काठमाडौ। श्रीलंकन एअरलाइन्सको उडानमा चरम लापरवाही भएको छ। एअरलाइन्सले सबै यात्रुहरुको लगेज काठमाडौंस्थित त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलमा छोडेर कोलोम्बो अबतरण गरेको छ । लगेज काठमाडौँमै छुटेपछि यात्रुहरु चिन्तित भएका छन्। श्रीलंकामा हुने काभा यु २० पुरुष भलिबल च्याम्पियनसिपमा सहभागी हुन गएका नेपाली खेलाडीहरुको लगेज श्रीलंकन एयरलाइन्सले नियत बस छाडेर गएपछि एअरलाइन्समा सवार खेलाडी चिन्तित बनेका छन्। बिहीवार श्रीलंका जाने क्रममा श्रीलंकन एयरलाइन्सको उडानमा प्राविधिक समस्या आएपछि भारतको लखनउमा अवतरण गरेको थियो। लखनउबाट एयरलाइन्स पुनः काठमाण्डौं आएर श्रीलंकाको कोलम्बो जाने क्रममा लगेज छाडेर गएको थियो। जर्सीदेखि सबै महत्वपूर्ण सामान लगेजमा छुटेपछि नेपाली टोली प्रतियोगितामा कसरी सहभागी हुने भन्ने चिन्तामा परेका छन् । 

श्रीलंकन एयरलाइन्सले घटनाबारे कुनै प्रतिक्रिया जनाएको छैन। यस बिषयमा विदेशी वायुसेवा कम्पनीका नेपालका एजेन्ट (जीएसए) प्रतिनिधिहरु केहि जवाफ दिन तयार छैनन्। यस्तो संबेदनशील बिषयमा नेपाल नागरिक उड्डयन प्राधिकरण समेत मौन देखिएको छ।

च्याम्पियनसिप असोज १७ देखि २३ गतेसम्म श्रीलंकाको कोलम्बोमा जारी रहने छ। नेपालले आगामी आइतबार सहभागीता जनाउने कार्यतालिका छ। 

प्रतिक्रिया