कहाँ गए त चौधरी, ४ दिनदेखि बेपत्ता

काठमाडौं । दाङको लमही भन्नेठाँउमा भैंसी चराउनका लागि गएका चौधरी एकाएक सम्पर्कबिहिन भएका छन् ।

मंगलबार मध्यान्ह १२ बजेतिर भैंसी चराउन गएका लमही नगरपालिका–४ का ६० वर्षीय खुसीराम चौधरी बेलुकी घर फर्किएका थिएनन् ।

तर, भैंसी मात्रै बेलुकी घर फर्किएको थियो । वडा प्रहरी कार्यालय लमहीका अनुसार उनलाई खोलाले बगाएको आशंका गरिएको छ । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
 

प्रतिक्रिया