ओलीको ‘गैंडाज’ र ‘डाँफेज’ शब्दमा मनोज गजुरेलको व्यंग्य: 'काँडेज् भ्याकुर्ज, रातोज् पाण्डाज्'..
बचाउमा उत्रे शंकर पोखरेल
काठमाडौं । चर्चित हास्य कलाकार मनोज गजुरेलले प्रधानमन्त्री ओलीले बोलेको शब्द प्रति लक्षित गर्दै व्यंग्य गरेका छन् । संयुक्त राष्ट्रसङ्घको ७९ औं महासभामा भाग लिन अमेरिका गएका बेला कोलम्बिया विश्वविद्यालयले आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा ओलीले ‘गैंडाज’ र ‘डाँफेज’ शब्द प्रयोग गरेका थिए । हास्य कलाकार गजुरेलले तिनै शब्दहरुमा लक्षित व्यंग्य गर्दै सामाजिक सञ्जालमा काँडेज् भ्याकुर्ज, रातोज् पाण्डाज् जस्ता शब्दहरु लेखेका छन् ।
अमेरिका भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले बोलेको ‘डाँफेज’ र ‘गैंडाज’ शब्दमा पछिल्लो समय अङ्ग्रेजी नआएर बोलेको भनेर चौतर्फी उपहास भैरहेको छ ।
यस विषयलाई लिएर एमाले महासचिव शंकर पोखरेलले भने सामाजिक सञ्जालमा लेख्दै ओलीको बचाउमा उत्रेका छन् । उनले अङ्ग्रेजी शब्द नआएर 'डाँफेज र गैडाज्’ शब्द प्रयोग नगरेको जिकिर गरेका छन् । ओलीको अमेरिका भ्रमणका सन्दर्भमा प्रयोग गरिएको सो शव्दलाई सोही परिप्रेक्षमा बुझ्नु पर्ने पोखरेलको तर्क रहेको छ ।
प्रतिक्रिया