ट्रकको ठक्करबाट साइकल यात्रीको मृत्युपछि विराटनगर तनावग्रस्त, भन्सार कार्यालयमा ढुंगामुढा

काठमाडौं । ट्रकको ठक्करबाट साइकल यात्रीको मृत्यु भएपछि विराटनगरमा तनाव उत्पन्न भएको  छ। बिहीबार बेलुका भन्सार कार्यालय अघि ट्रकको ठक्करबाट साइकल यात्रीको मृत्यु भएको थियो । त्यसको विरोधमा आक्रोशित स्थानीयले ट्रक चालकलाई कारबाही र मृतकको परिवारलाई क्षतिपूर्ती दिनुपर्ने भन्दै आईसीपी रोडमा आन्दोलन गरेका हुन् ।उनीहरुले ढुङ्गामुढासहित प्रदर्शन गरेका छन् । तोडफोडको प्रयास भएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले १० सेल अश्रुग्याँस प्रहार गरेको थियो ।

बिहीबार बेलुका  ७ बजे ना ४ ख २४८३ नम्बरको ट्रकले साइकलयात्री विराटनगर महानगरपालिका-१८ का ६० वर्षीय श्याम साहलाई ठक्कर दिएको थियो । उपचारका लागि विराट नर्सिङहोम पुर्‍याए लगत्तै साहको मृत्यु भएको थियो ।

प्रहरीले ट्रक चालक सुनसरीको बर्जु गाउँपालिका(५ का ३० वर्षीय दिपक यादवलाई पक्राउ गरिसकेको छ । ट्रक र चालकलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय रानीमा राखिएको छ ।

प्रतिक्रिया