सहकारी समस्या समाधान भन्दा मलाई फसाउन राज्यको संरचना प्रयोग गरियो: रवि लामिछाने

मतदाताको प्रश्नमा सिंहदरबार कसरी चल्छ, भनेर जान्न सरकारमा गएको जिकिर

काठमाडौं । पूर्वउपप्रधान एवम् गृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सहकारीको समस्या समाधान गर्न भन्दा पनि आफूलाई फसाउन राज्यका सबै संरचनाको प्रयोग गरिएको बताएका छन् । शुक्रबार उनको आफ्नो क्षेत्र चितवन २, मुग्लिनमा आयोजित सार्वजनिक सुनुवाइका क्रममा मतदाताहरूले सोधेको प्रश्नको जवाफ दिने क्रममा लामिछानेले अहिले आफू राजनीतिमा आएपछि सरकारीको समस्या छाडेर आफूलाई केन्द्रित गरेर लागेको गुनासो गरे।

उनले भने, ‘छानबिन समितिमा कसैको ध्यान त रवि लामिछाने मात्रै थियो। तर, पनि राज्यको सबै संरचना लागेर बनाइएको प्रतिवेदनमा सहकारीको रकम अपचलनमा आफ्नो कुनै सहभागिता नभएको उल्लेख गरिएको छ। त्यसको व्याख्या अपव्याख्या जे गरे पनि। त्यो पैसा ल्याउने कुरामा मेरो संलग्नता छैन।  

सुनुवाइका क्रममा मतदाताहरूले सोधेको अर्को प्रश्नको जवाफमा  लामिछानेले ठूला तथा पुराना दलहरूको पछि-पछि लागेर आफूहरू सरकारमा नगएको जिकिर गरेका छन् ।
उनले भने, 'हामीलाई सिंहदरबार कसरी चल्छ, जान्नु थियो। सरकारमा गयौँ, जान्यौँ पनि । कुनै दल सरकारमा पुग्दा त्यसका संयन्त्रहरूबारे जानकार हुनुपर्छ । अर्कोपटक अवस्था परिवर्तन हुन्छ। सरकारमा जानु हाम्रो रणनीति थियो, पुराना दलहरूको पछि-पछि लागेर सरकारमा गएका होइनौँ ।'  

प्रतिक्रिया