हेलेन आँधीका कारण अमेरिकामा २ सय १० जनाको मृत्यु

एजेन्सी । अमेरिकामा आएको हेलेन आँधीका कारण अहिले सम्म २सय १० जनाको मृत्यु भएको छ । 

नर्थ क्यारोलिनामा हेलेनका कारण सबै भन्दा बढी क्षति पुगेको छ । अमेरिकाको दक्षिणपश्चिमी क्षेत्रमा ‘हेलेन’ आँधीका कारण मृत्यु हुनेको सङ्ख्या २ सय  नाघेको छ भने व्यापक भौतिक क्षति पुर्‍याएको छ । अमेरिकी उद्धारकर्ताहरूले आँधी बाट बचेकाहरूको खोजी कार्य जारी राखेका छन्।

नर्थ क्यारोलिनामा हेलेनका कारण आधा भन्दा बढी मानिसको मृत्यु भएको छ । हेलेन सन् २००५ मा आएको क्याट्रिना आँधी पछिको सबै भन्दा घातक आँधी साबित भएको छ ।

सन् २००५ मा यहाँ आँधी बेहरीका कारण एक हजार ८ सय भन्दा बढीको मृत्यु भएको थियो । हेलेन’ आँधी आएको करिब एक साता बितिसक्दा पनि त्यस क्षेत्रमा सयौं मानिस हराइरहेका छन् भने करिब आठ लाख घरअझै पनि विद्युत विहीन छन् ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले बिहीबार आँधी प्रभावित क्षेत्रको हवाई भ्रमण गरेका थिए । 
रासस 

प्रतिक्रिया