राष्ट्रपति पौडेल सँग राष्ट्रिय सभाका अध्यक्ष दाहालको भेट

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल सँग राष्ट्रियसभाका अध्यक्ष नारायण दाहालले भेट गरेका छन् । 

शुक्रबार राष्ट्रपति भवन शीतल निवासमा भएको भेटमा अध्यक्ष दाहालले अन्तर व्यवस्थापिका सङ्घको सम्मेलनमा भाग लिन जान लागेको जानकारी गराएका थिए । 

अध्यक्ष दाहाल स्वीट्जरल्याण्डमा हुने अन्तरव्यवस्थापिका सङ्घको सम्मेलनमा सहभागी हुनका लागि नेपाली प्रतिनिधिमण्डलमा नेतृत्व गर्दै यही असोज २५ गते त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम छ ।

प्रतिक्रिया