‘भ्रष्टाचार विरोधी अभियान रोक्ने प्रयास असफल बनाउछु’ - गृहमन्त्री श्रेष्ठ

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचार विरोधी अभियानलाई रोक्ने प्रयास असफल पार्ने बताएका छन् । आज गोरखामा उनले भ्रष्टाचारी आफ्नै पार्टीभित्र र वर्तमान सत्ता गठबन्धनभित्र पनिहुनसक्ने भएकाले राजीनामा माग्नु र भ्रष्टाचारविरुद्धको अभियान रोक्ने प्रयास हुनु स्वभाविक भएको बताएका हुन ।

मन्त्री श्रेष्ठले भ्रष्टाचार विरोधी अभियान रोक्ने प्रयास असफल बनाउने र समृद्धिको लक्ष्य हासिल गर्ने बताए ।मन्त्री श्रेष्ठले हालै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारबाट बाहिरिएको सुन प्रकरणको अनुसन्धान नरोकिएको पनि बताए ।

अनुसन्धानको क्रममा तथ्य प्रमाणको आधारमा जो संलग्न देखिए पनि कारबाहीको दायरामा ल्याउने उनले बताए । उनले सबै विमानस्थलको व्यवस्थापन नयाँ ढंगले गर्न लागिएको जानकारी समेत दिए । 

प्रतिक्रिया