स्कूल बसको ठक्कर बाट बालकको मृत्यु

नवलपुर । नवलपुरको कावासोतीमा स्कुल बसको ठक्कर बाट एक नाबालकको मृत्यु भएको छ । 

कावासोती-१ छहारी चोकको भित्री सडक खण्डमा कोइलापानी बाट फलफूल चोक जाँदै गरेको गण्डकी बोर्डिङ स्कूलको ना १ क ५८१७ नम्बरको बसले ठक्कर दिँदा कावासोती १ छहारी चोक निवासी यम पौडेलका २२ महिने छोरा सम्राटको मृत्यु भएको हो । 

जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार बसले बालबालिकालाई विद्यालय पुर्‍याउँदै गर्दा सडकमा खेली रहेका बालकलाई ठक्कर दिएको हो ।

ठक्कर दिने बस र बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

प्रतिक्रिया