सुनको मूल्यले नयाँ रेकर्ड कायम

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा नयाँ रेकर्ड बनेको छ  । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार  शुक्रबार छापावाल सुनको मूल्य १ लाख ६१ हजार ३ सय कायम हुँदै नयाँ रेकर्ड बनेको हो । 

यसअघि नेपाली बजारमा असोज ११ गते सुनको मूल्य १ लाख ६१ हजार २ सय रुपैयाँ कायम भएको थियो । त्यससता सुनको मूल्य घटबढ भएर कारोबार हुँदै आएकोमा बिहीबार तोलामा १ लाख ६० हजार ९०० रुपैयाँ कायम भएको थियो । जसअनुसार अघिल्लो दिनको तुलनामा शुक्रबार सुनको मूल्य तोलामा ४ सय रुपैयाँ बढेको हो । 

यस्तै,  शुक्रबार चाँदीको मूल्य पनि बढेको छ । शुक्रबार  चाँदीको मूल्य बढेर १ हजार ९सय ८० रुपैयाँ कायम भएको छ । बिहीबार  चाँदीको मूल्य तोलामा १ हजार ९ सय ५० रुपैयाँ कायम भएको थियो । 

प्रतिक्रिया