लेबनान प्रवेश गरेको इजरायली सेना र हिजबुल्ला बीच भीषण युद्ध

एजेन्सी । लेबनान प्रवेश गरेको इजरायली सेना र हिजबुल्ला बीच भीषण युद्ध भएको छ । 

हिजबुल्लाहका समूहका सैन्य संरचना ध्वस्त पार्न भन्दै दक्षिणी लेबनान प्रवेश गरेको इजरायली रक्षा बल (आईडीएफ) र हेजबुल्ला आमने सामने भएका हुन् । युद्धका कारण पछिल्लो २४ घण्टामा लेबनानमा २८ जना स्वास्थ्यकर्मी मारिएको विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले जनाएको छ । 

डब्लूएचओ प्रमुख टेड्रोस एडहानोम गेयब्रेससले मारिने मध्ये कपितय बमबारी पछि काम गर्ने क्षेत्रहरू बाट भागेका थिए । लेबनानको राजधानी बेरुतमा आईडीएफले बुधबार राति गरेको आक्रमणमा  ९ सर्वसाधारण मारिएको बीबीसीले जनाएको छ । 

आईडीएफले  १५ जना हिजबुल्लाह सदस्य मारिएको दाबी गरेको छ । मारुन अल–रासमा हिजबुल्लाह इजरायली सेनालाई लक्षित गर्दै बम विस्फोट गराएको छ भने इजरायलले दक्षिणी लेबनानमा हवाई आक्रमण गरेको छ । 

आईडीएफले बिहीबार हिजबुल्लाहको गुप्तचर मुख्यालयमा आक्रमण गरेको छ । त्यस्तै, हिजबुल्लाहले बेरुत स्थित आफ्नो सञ्चार कार्यालयमा आक्रमण भएको जनाएको छ । हिजबुल्लाहले इसराइल माथि २ सय ३० वटा क्षेप्यास्त्र प्रहार गरेको छ ।

प्रतिक्रिया