४१ करोडको निर्माणाधीन चौतारा रङ्गशाला अलपत्र
सिन्धुपाल्चोक । जिल्ला सदरमुकाम चौतारामा २०७६ सालमा निर्माण प्रारम्भ भएको ‘मिनी’ रङ्गशाला अलपत्र परेको छ ।
निर्माण कम्पनीले ढिलासुस्तीले ४१ करोड ६२ लाखको परियोजना अलपत्र परको हो । तीन वर्षमा काम सम्पन्न गर्नेगरी गिरी कन्स्ट्रक्सनले निर्माणको ठेक्का पाएको थियो । विभिन्न बहानामा रङ्गशालाको काम रोकिएको छ ।
यसै बीच, उक्त कम्पनीले अर्को निर्माण कम्पनी सँगको साझेदारीमा रङ्गशालाको ७० प्रतिशत काम सम्पन्न गरेको दाबी गरेको छ । जिल्ला खेलकुद विकास समितिका अध्यक्ष रामकृष्ण दङ्गालले पनि कछुवा गतिमा काम भइरहेको बताएका छन् ।
जिल्ला फुटबल स¬ङ्घका अध्यक्ष अमृतमान श्रेष्ठले रङ्गशाला नहुँदा ६ वर्ष सम्म जिल्लामा खेलकुदका गतिविधि ठप्प भएका तथा मैदानमा निर्माण सामग्री थुपारिएको कारण त्यो उपयोग विहीन भएको दुखेसो गरे ।
रासस
प्रतिक्रिया