नेपाली राष्ट्रिय भलिबल टोली अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिन श्रीलंकामा

श्रीलंका । नेपाली राष्ट्रिय भलिबल टोली अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिन श्रीलंकाको कोलम्बो आइपुगेका छन् । 

तर, प्राविधिक समस्याका कारण काठमाडौं बाट उडान यात्रुको चेक–इन सामान बिना नै पुगेको छ । नेपाली टोली आवश्यक किट र जर्सीविना नै श्रीलंका आइपुगेका छन् 

श्रीलंकन एयरलाइन्सले यात्रुहरूलाई अक्टोबर ६  मा मात्र सामान पठाइने जानकारी दिएको छ । धेरै यात्रुहरूको झोलामा महत्त्वपूर्ण सामाग्रीहरु छुटेका छन् जसमा औषधिहरू पनि छन् । 

खेलाडीहरुल आवश्यक सामान उपकरण बिना कसरी प्रतिस्पर्धा गर्ने भनेर चिन्तित भएका छन् ।
 

प्रतिक्रिया