काभ्रेमा बादी पहिरोमा परी ७२ जनाको मृत्यु

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्लामा बादी पहिरो र डुवानका घटनामा मृत्यु हुनेको संख्या ७२ पुगेको छ । 

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले अद्यावधिक गरेको पछिल्लो विवरण अनुसार मृतकको संख्या ७२ पुगेको हो । असोज १०, ११ र १२ गतेको भिषण वर्षा सँगै आएको बाढी र पहिरोमा परेर अझै ५ जना बेपत्ता छन् । 

यो विपत्तमा ७८ जना घाईते भएका छन् । जस मध्ये ५७ जना उपचारपश्चात घर फर्किएका छन् भने २१ जनाको अझै उपचार भैरहेको छ ।  विपद पछि हेलिकप्टर मार्फत ८ सय ६७ जनाको उद्धार गरिएको थियो 

अन्य विभिन्न माध्यम मार्फत ३ हजार २ सय ९९ जनाको उद्धार गरिएको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया