कंगोमा डुंगा पल्टिँदा कम्तीमा ७८ जनाको मृत्यु

एजेन्सी । पूर्वी कंगोको किभु तालमा एक यात्रुवाहक डुंगा पल्टिँदा ७८ जनाको मृत्यु भएको छ । 

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार खोज तथा उद्धारका क्रममा ७८ जनाको शव फेला परेको हो । डुंगामा २ सय ७८ जना यात्रु रहेको बताइएको छ । अझै पनि केही यात्रुहरू बेपत्ता रहेकाले मृतकको संख्या बढ्ने क्रममा रहेको किभु प्रान्तका गभर्नर जीन ज्याकले जानकारी दिए ।

ज्याकले अझैपनि कति जनाको मृत्यु भएको र कति जना बेपत्ता रहेको भनेर यकिन गर्न सक्ने अवस्था नरहेको बताएका छन् । तालमा बेपत्ताहरूको अझैपनि खोजी कार्य भइरहेको बताइएको छ । 

यो दुर्घटनालाई अफ्रिकी क्षेत्रकै ठूलो जल दुर्घटनाका भएको समाचारमा उल्लेख गरिएको छ । 

प्रतिक्रिया