नवरात्रमा पनि सुनसान पाथीभरा

ताप्लेजुङ । हरेक वर्ष नवरात्रमा सधै भक्तजनको भीडभाड हुने पाथीभरा देवी स्थान यो वर्ष सुनसान छ । 

हालैको बाढी र पहिराले मेची राजमार्ग र अन्य सडक अवरुद्ध हुँदा दर्शनार्थी घटेका हुन् । बडा दशैंको पहिलो दिन घटस्थापनामा ६३ जना दर्शनार्थी पाथीभरामा पुगेका छन् । गत वर्ष सोही दिन एक हजार एक सय ४८ जना दर्शनार्थीले पूजार्चना गरेका थिए । 

बाढीले मेची राजमार्ग अन्तर्गत हेवाखोलाको बेलीब्रीज बगाए पछि यातायात अवरोध भएको छ भने तमोर करिडोरमा पहिरो खसे पछि  यातायातका साधन चलेका छैनन् ।

देशका प्रमुख शक्तिपीठ मध्येको एक पाथीभरामा बडा दशैं र चैते दशैंमा धेरै भक्तजन आउने गरेका छन् । विगतमा भारतका साथै मुलुकका विभिन्न स्थान बाट वार्षिक तीन लाख भक्तजन आउने गरेका थिए ।
रासस 

प्रतिक्रिया