बाढी पहिरोमा परी देशभर २ सय ३९ जनाको मृत्यु, १९ जना बेपत्ता

काठमाडौं  । हालैको बाढी पहिरोमा परी २ सय ३९ जनाको मृत्यु भएको छ भने १९ जना बेपत्ता छन् । अन्य १ सय ७७ जना घाइते भएका छन् ।

गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार बाढी पहिरो प्रभावित क्षेत्र बाट हाल सम्म १७ हजार १ सय ३१ जनाको उद्धार भएको छ । 

यस्तै, सहायता परिचालन र अवरुद्ध राजमार्गहरू मर्मत गरी यातायात सञ्चालनको प्रयास जारी छ ।
रासस

प्रतिक्रिया