हात्तीको आक्रमण बाट माउतेको मृत्यु

भरतपुर । चितवन राष्ट्रिय निकुञ्जको हात्तीको आक्रमण बाट एक जना माउतेको मृत्यु भएको छ । 

पसल बाट सामान लिएर सौराहा स्थित हात्ती प्रजनन केन्द्र जाने क्रममा बिहीबार साँझ हात्तीको आक्रमण बाट हरिपुर नगरपालिका–६ सर्लाहीका ३४ वर्षीय जग्दु सिंहको मृत्यु भएको हो ।

“खोरसोर नजिकको पुल क्रस गरेर आउँदै रहेछन् । सिमलको रुखमुनि बसेको हात्तीले आक्रमण गर्दा उनको मत्यु भयो”, निकुञ्जका प्रमुख डिलबहादुर पुनमगरले भने ।

जग्दुका साथमा रहेका एक जना भने भागेर बाँच्न सफल भएका छन् । 
रासस 

प्रतिक्रिया