विश्वकप एसिया छनोटको उद्घाटन खेल नेपालले थाइल्याण्ड सँग खल्ने

काठमाडौं । आगामी कात्तिक २१ गते देखि नेपालले खेल्ने महिला यु–१९ टि–ट्वान्टी विश्वकपको एसिया छनोट खेलका लागि नेपाल क्रिकेट सङ्घ (क्यानं)ले २० खेलाडी छनोट गरेको छ ।

संयुक्त अरब इमिरेट्समा आयोजन हुने उक्त छनोट खेलका लागि क्यानले दोस्रो चरणमा २० खेलाडी छनोट गरेको हो । छनोटमा नेपाल सँगै आयोजक संयुक्त अरब इमिरेट्स (युएई), कुवेत र थाइल्याण्ड छन् । छनोट हुने नेपाली खेलाडीमा सोनी पाख्रिन, कृष्मा गुरुङ, मनिषा उपाध्याय, साना प्रविन, प्रतिमा शाह, स्नेहा महरा, सावित्रा धामी र सुस्मिता भुसाल छन् ।

त्यसैगरी रञ्जु श्रेष्ठ, किरनकुमारी कुँवर, तृष्ना विक, रिया शर्मा, अलिशाकुमारी यादव, भवानी कामती, पूजा महतो, कुसुम गोदार, सिमाना केसी, ज्योत्सिका मरासिनी, रचना चौधरी र आश्मा पुलामीमगर छन् । 

विश्वकपको एसिया छनोटको आफ्नो पहिलो खेलमा नेपालले आगामी कात्तिक २१ गते थाइल्याण्ड सँग खेल्दै प्रतियोगिताको उद्घाटन गर्नेछ  । त्यसैगरी नेपालले दोस्रो खेल कात्तिक २२ गते कुवेत सँग खेल्ने छ भने कात्तिक २४ गते घरेलु टोली युएई सँग खेल्नेछ । नेपालको कात्तिक २५ गते थाइल्याण्ड सँग खेल्ने छ भने कात्तिक २७ गते कुवेत सँग खेल्नेछ । नेपालले अन्तिम खेलमा कात्तिक २८ मा युएई सँग खेल्नेछ ।

चार टोली सहभागी रहने उक्त  छनोटमा शीर्ष स्थान हासिल गर्ने टोली अर्को वर्ष मलेसियामा आयोजना हुने विश्वकपका लागि छनोट हुनेछ ।
रासस 

प्रतिक्रिया