पूर्व राजा ज्ञानेन्द्र शाहले विजया दशमीका दिन शुभेच्छुकलाई टीका लगाइदिने

कठमाडौं । पूर्व राजा ज्ञानेन्द्र शाहले विजया दशमीका दिन निर्मल निवासमा शुभेच्छुक तथा सर्वसाधारणलाई टीका लगाइदिने भएका छन् । 

पूर्व राजा शाह र पूर्वा रानी कोमल शाहले विजय दशमीका दिन अपराह्‍न ४ बजे शुभेच्छुक तथा सर्वसाधारणलाई टीका लगाइदिने संवाद सचिवालयले जनाएको छ । 

पूर्व राजा शाह हाल भुटान भ्रमणमा रहेका छन् । 

प्रतिक्रिया