सवारी दुर्घटनापछि न्यूजिल्याण्डकी न्याय मन्त्री एलनद्वारा राजीनामा

लेबर पार्टीकी प्रभावशाली नेतृको लोकप्रियता घट्दो क्रममा

मदिरा खाएर सवारी चलाउने न्यूजिल्याण्डकी न्याय मन्त्री किरी एलनले राजीनामा दिएकी छिन् । गएराती न्यूजिल्याण्डको राजधानी वेलिङटनमा मदिरा खाएर सवारी हाँक्दा मन्त्री किरी एलन दुर्घटनामा परेकी थिइन । मन्त्रीबाट राजीनामा दिए पनि उनले संसदबाट भने राजीनामा दिएकी छैनन् । मदिरा सेवन गरेर सवारी साधन चलाउने आफ्नो कार्य ठिक नभएको उनले प्रतिक्रिया दिएकी छिन । कुनै बेला न्यूजिल्याण्डकी पूर्व प्रधानमन्त्री जसिन्डा आर्डेनकी उत्तराधिकारी मानिएकी लेबर पार्टीकी प्रभावशाली नेतृ किरी एलन पछिल्लो समय अलोकप्रिय बन्दै गएकी छिन । गत महिना मात्रै उनले सम्बन्ध विच्छेद गरेकी थिइन् । आफ्ना सहकर्मीहरूसँग पनि राम्रो व्यवहार नगरेको भनेर पछिल्लो समयमा उनको आलोचना हुँदै आएको छ ।
 

प्रतिक्रिया