पूर्व राष्ट्रपति भण्डारी द्वारा  ‘म पानी हुँ’ गीतको लोकार्पण

काठमाडौं ।  पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले ‘म पानी हुँ’ गीतको लोकार्पण गरेकी छिन् । गोरखा म्युजिक काठमाडौं द्वारा बिहीबार आयोजित कार्यक्रममा उनले सो गीतको लोकार्पण गरेकी हुन् । 

गीतको लोकार्पण गर्दै पूर्वराष्ट्रपति भण्डारीले जलस्रोतको धनी देश नेपालले पानीको सदुपयोग गर्नुपर्नेमा जोड दिइन्  । उनले पानीको राम्रोसँग व्यवस्थापन गर्नसके मुलुकलाई प्रगतितर्फ डोर्‍याउन सकिने उल्लेख गरिन्

पूर्व राष्ट्रपति भण्डारीले अहिले मुलुक बाढी, पहिरोबाट आक्रान्त रहेको उल्लेख गर्दै सबै मिलेर विपदमा सहयोग गर्नुपर्ने बताइन्  । दुःख र सङ्कट परेका बेला सङ्गीतले व्यक्तिलाई आनन्द दिने उनको भनाई थियो । 

कार्यक्रममा गीतका रचनाकार तथा गायक बमबहादुर कार्कीले पानीको महत्व उजागर गरेर गीत लेखेको बताए । “हामी पानी बिना एकछिन पनि रहन सक्दैनौँ । त्यसैले पानीलाई सम्झेर मैले गीत रचना गरेको हुँ”, उनले भने । 

उक्त गीतमा कार्कीसहित अर्जुन सुनाम र लोचन भट्टराईको स्वर तथा सङ्गीत बिवी अनुरागीको रहेको छ । गीतको श्रव्य दृश्यमा नायक राजेश हमाल, नायिका  करिश्मा मानन्धर र सगुन कार्कीले अभिनय गरेका छन् । 

प्रतिक्रिया