मैनालीलाई मदन पुरस्कार, जगदम्बाश्री पुरस्कार यादवलाई

ललितपुर । मदन पुरस्कार गुठीले २०८० सालको मदन पुरस्कार पत्रकार एवं लेखक मोहन मैनालीलाई प्रदान गरेको छ । यस्तै गुठीले जगदम्बाश्री पुरस्कार प्रा. डा. योगेन्द्रप्रसाद यादवलाई प्रदान गरेको छ ।

गुठीद्वारा बिहीबार ललितपुरको रातो बङ्गला स्कुलमा आयोजित  समारोहमा गुठीका अध्यक्ष कुन्द दीक्षितले मैनाली र यादवलाई पुरस्कार प्रदान गरे ।  गुठीको साधारणसभा बैठकले गरेको निर्णयअनुसार मदन पुरस्कार–२०८० बाट मुकाम रणमैदान का लेखक मैनालीलाई तथा जगदम्बाश्री–२०८० बाट प्रा. डा. यादवलाई सम्मान गरिएको हो । पुरस्कारको राशि जनही रु चार लाख रहेको छ ।

गुठीका अध्यक्ष दीक्षितले नेपालका भाषाहरूको पहिचान, संरक्षण र अध्ययन–अनुसन्धानका क्षेत्रमा निरन्तर समर्पित भई गहकिलो योगदान गरेकोमा प्रा डा. यादवलाई जगदम्बाश्री पुरस्कार प्रदान गरिएको जानकारी दिए । 

‘मुकाम रणमैदान’ का लागि मदन पुरस्कार प्राप्त गरेकाे पत्रकार तथा लेखक मैनालीको यो पाँचौँ पुस्तक हो । मैनालीले यसअघि ‘मान्ठा डराएको जुग’, ‘उपल्लो थलो’, ‘देखेको देश’ र ‘आकाशमुखी’ कृति प्रकाशन गरिसकेका छन् । 

पुरस्कार ग्रहणपछि मदन पुरस्कार विजेता मैनालीले आफूले मुकाम रणमैदान मार्फत नेपाल–अङ्ग्रेज युद्धको बखान गरेको बताए  । जगदम्बाश्री पुरस्कारबाट सम्मानित प्रा. डा. यादवले नेपालका भाषाहरुको क्षेत्रमा अध्ययन–अनुसन्धानका लागि जगदम्बाश्रीबाट सम्मानित गरेकामा कृतज्ञता ज्ञापन  गरे । 

प्रतिक्रिया