महोत्तरीमा २२ लाख रकमसहित दुई जना पक्राउ

महोत्तरी  । महोत्तरीको दुई दिनयता स्रोत नखुलेको  २२ लाख रुपैयाँ सहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

मटिहानी नगरपालिका–७ स्थित नेपाल–भारत सीमा नजिकबाट प्रहरीले आज रु १० लाखसहित एकडारा गाउँपालिका–४ का २३ वर्षीय ललित महरालाई पक्राउ गरेको हो । ज ७ प ७६२८ नम्बरको मोटरसाइकलमा चढेर भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई उक्त रकम सहित सशस्त्र प्रहरी बल  मटिहानीको टोलीले पक्राउ गरेको हो ।

त्यसैगरी, बुधबार प्रहरीले स्रोत नखुलेको  १२ लाख रुपैयाँ सहित सम्सी गाउँपालिका–६ का ४२ वर्षीय शेष हसमत अलीलाई पक्राउ गरेको थियो । प्र२–०२–००५प ५९९५ नम्बरको मोटरसाइकलमा उक्त रकम बोकेका हसमतलाई जिल्ला प्रहरी कार्यालय महोत्तरी र प्रहरी चौकी इटहर्वाकट्टीको टोलीले मनरासिश्वा नगरपालिका–२ भोल्ही चोकबाट पक्राउ गरेको हो ।

 पक्राउ परेका दुवै जना माथि आवश्यक अनुसन्धन तथा कारबाही प्रक्रिया थालिएको प्रहरीले जनाएको  छ ।
 

प्रतिक्रिया