बैतडीमा पहिरोले घर पुरिँदा आमाछोराको मृत्यु

पाहुना आएका सहित तीन जना घाइते

बैतडीमा पहिरोले घर पुरिँदा आमाछोराको मृत्यु भएको छ । पुर्चाैडी नगरपालिका बडा नम्बर दुईको भैरु टोलमा पहिरोमा घर पुरिँदा आमाछोराको मृत्यु भएको हो । गएराति घरमाथिबाट खसेको पहिरोले घर पुरिँदा अन्दाजी २५ वर्षीया अञ्जु जागरी र उनका छोरा पाँच वर्षीय रिजन जागरीको मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक अञ्जुका श्रीमान् रोजगारीको सिलसिलामा भारतमा छन् । मृतक अञ्जुका सासुआमा ४५ वर्षीया राइमती र देवर १७ वर्षीय गोब्बर जागरी घाइते भएका छन् । सोही घरमा पाहुना बस्न आएकी छिमेकी ६० वर्षीया जस्मा बोहरा पनि घाइते छिन । घाइते तीन जनाको स्थानीय र प्रहरीको सहयोगमा उद्वार गरी उपचारका लागि गोकुलेश्वर अस्पताल पठाइएको छ । स्थानीयका अनुसार घरमा पूर्ण क्षति पुगेको छ । करिब एक दर्जन चौपायासमेत मरेका छन । 
 

प्रतिक्रिया