बाढीपहिरो प्रभावितलाई गण्डकी सरकारले ५० लाख सहयोग गर्ने

पोखरा । गण्डकी प्रदेश सरकारले बाढी पहिरो प्रभावितहरुको  सहायताका लागि ५० लाख रुपैयाँ सहयोग गर्ने भएको छ। बिहिवार बसेको मन्त्रिपरिषद्को बैठकले प्रभावितहरुको  सहायताका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० लाख रुपैयाँ सहयोग गर्ने  निर्णय गरेको हो।

प्रदेश सरकारले विपद्बाट प्रभावित नागरिकको उद्धार, उपचार, राहत, पुननिर्माणलगायतका कार्यमा संघ सरकारसँग आवश्यक समन्वय निरन्तर गर्ने जनाएको छ।

गण्डकी प्रदेशभित्र विपद्का कारण भएको क्षतीको अध्ययन गर्न समिति गठन गरेको छ। पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालयका महानिर्देशक डा. प्रेरणा सेढाईंको संयोजकत्वमा उर्जा जलस्रोत तथा खानेपानी मन्त्रालयका सिडिई हरिदत्त पौडेल र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका उपसचिव प्रविण ढकाल सदस्य रहनेगरी समिति गठन भएको हो।

समितिले प्रदेशभर विपद्ले पु¥याएको क्षतीको मूल्यांकन गरी १५ दिनभित्र सुझावसहितको प्रतिवेदन सरकार समक्ष पेश गर्नेछ। 
 
 

प्रतिक्रिया