रा.प्र.पा. अध्यक्ष लिङ्देनले गरे विभाग प्रमुखहरू हेरफेर, राजनीतिक विभागको जिम्मेवारी मिश्रलाई

काठमाडौ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको विधान बमोजिम विभाग प्रमुखहरूको जिम्मेवारी हेरफेर गरेका छन्। उनले पार्टी महामन्त्री धवलशम्शेर राणालाई संगठन विभागबाट हटाएर वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङलाई जिम्मेवारी दिएका छन्। 
संगठन विभाग प्रमुख बनाइएका तामाङ यसअघि राजनीतिक विभाग प्रमुख थिए। अध्यक्ष लिङ्देनले राजनीतिक विभाग प्रमुखको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई दिएका छन्। अध्यक्ष लिङ्देनले स्थानीय तह परिचालन विभागको प्रमुखमा वरिष्ठ नेता उपाध्यक्ष ध्रुवबहादुर प्रधानलाई जिम्मेवारी दिएका छन्। यसअघि प्रधान प्रशिक्षण विभाग प्रमुख थिए। 

अध्यक्ष लिङ्देनले स्थानीय तह परिचालन विभाग प्रमुखको जिम्मेवारीबाट नेतृ रोशन कार्कीलाई हटाएका छन्। लिङ्देनले पार्टीको पर्यटन विभाग प्रमुखमा सहायक महामन्त्री विजय खड्कालाई जिम्मेवारी दिएका छन्। 

त्यस्तै पार्टीको विपद् व्यवस्थापन विभागको प्रमुखमा केन्द्रीय सदस्य उद्धव थापा, सुचना प्रविधि विभाग प्रमुखमा केन्द्रीय सदस्य उद्धवराज भेटुवाल र लेखा समितिको प्रमुखमा केन्द्रीय सदस्य केदार न्यौपानेलाई जिम्मेवारी दिइएको छ । 

प्रतिक्रिया