विपदमा घाइते भएकालाई सरकारले निःशुल्क उपचार गरिरहेको मन्त्री पौडेलको भनाई

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले विपदमा परी घाइते भएकाहरूलाई सरकारले निःशुल्क उपचार गरिरहेको बताएका छन् ।

बिहीबार राष्ट्रिय ट्रमा सेन्टरमा मनसुनजन्य विपद्बाट घाइते भएका उपचाररत बिरामीहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिन पुगेका उनले विपदमा परेका सबै नागरिकको निःशुल्क उपचार गराइरहेको बताएका हुन् ।

मन्त्री पौडेलले विपदबाट घाइते भई उपचार नपाएका नागरिकहरूले पनि सरकारी अस्पतालमा पुगेर निशुल्क उपचार गराउन सक्ने बताए । उनले विपदबाट भएका जस्तोसुकै जटिल समस्याको उपचार सरकारले निःशुल्क गर्ने प्रतिवद्धता पनि जनाए । 

मन्त्री पौडेलले विपदबाट पनि बेला आउन सक्ने भन्दै जनचेतना अभिवृद्धि गर्न जरुरी रहेको पनि बताए । प्रभावित क्षेत्रमा तीन तहकै सरकारसँग समन्वय गरी स्वास्थ्य शिविर लगायत विभिन्न कार्यक्रम अघि बढाइएको जानकारी पनि दिए ।

प्रतिक्रिया