कांग्रेस केन्द्रीय समितिमा आज सभापति र महामन्त्रीले जवाफ दिदै

नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा आज सभापति र महामन्त्रीहरूले बैठकमा उठेका विषयहरूमाथि जवाफ दिने भएका छन् । दिउँसो तीन बजे बस्ने बैठकमा आज सभापति देउवासहित महामन्त्रीहरू गगन थापा र विश्वप्रकाश शर्माले जवाफ दिने कार्यसूची छ ।  असार २ गतेदेखि जारी बैठकमा महामन्त्रीद्वय शर्माले १० एजेन्डा र थापाले वार्षिक कार्ययोजना प्रस्तुत गरेका थिए ।  ती विषयमा केन्द्रीय सदस्यहरूले धारणा राखिसकेपछि आज नेतृत्वले जवाफ दिन लागेको हो ।  आजको बैठकमा सभापति शेरबहादुर देउवा, उपसभापतिहरु धनराज गुरुङ, पूर्णबहादुर खड्का महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापाले बोल्ने बताइएको छ । आज बोल्ने क्रम सकेर भोलि एक दिन निर्णय लेखनको समय प्रदान गरिने र बुधबार केन्द्रीय समिति बैठक सक्ने कांग्रेसको तयारी छ । आइतबारसम्म केन्द्रीय समिति बैठकमा १ सय ४० केन्द्रीय सदस्यहरूले आ–आफ्ना धारणा तथा सुझाव प्रस्तुत गरिसकेका छन ।  यस्तै ८ सहमहामन्त्रीले हिजो नै धारणा राखेका छन । कांग्रेस बैठक एजेन्डा केन्द्रितभन्दा गुटगत आरोप प्रत्यारोपमा केन्द्रीत भएको छ ।

प्रतिक्रिया