दशैंअघि बि.पी. राजमार्ग सञ्चालन गर्न नसकिने मन्त्रालयको निष्कर्ष

काठमाडौ । भौतिक पूर्वाधार मन्त्रालयले वीपी राजमार्ग दशैं अगाडि खुलाउन नसकिने बताएको छ । भौतिक पूर्वाधार तथा यातयात सचिव केशवकुमार शर्माले बिपी राजमार्ग दशैंअघि नखुल्ने बताएका हुन्।

मन्त्रालय र सडक विभागको टोली बुधबार नेपाली सेनाको हेलिकप्टरबाट निरीक्षणमा गएको थियो । बिहीबार मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै सचिव शर्माले राजमार्गको धेरै ठाउँमा क्षति पुगेका कारण दशैं अघि तत्काल बाटो खुलाउन सकिने अवस्था नरहेको बताएका हुन् ।

उनले भने, 'जतिसक्दो छिटो खुलाउने प्रयत्न गर्छौं। कतिपय ठाउँमा पूरै खोलै फर्काउनु पर्ने भएको छ। जसले गर्दा धेरै समय लाग्छ  ।' 

प्रतिक्रिया