हमासका वरिष्ठ अधिकारी इजरायली हमलामा मारिए

एजेन्सी । इजरायली रक्षा बल (आइडीएफ) ले प्यालेष्टाइनको गाजापट्टीमा हमासका वरिष्ठ अधिकारी रवी मुश्ताहा केही महिना अघि इजरायली हमलामा मारिएको जनाएको छ । 

इजरायलले मुश्ताहालाई तीन महिनाअघि गाजा स्ट्रिपमा हमासको राजनीतिक ब्यूरोमा सुरक्षा विभागको जिम्मेवारी सम्हालेका हमासका अधिकारी समेह अल–सिराज र हमासका प्रमुख सामी ओदेहसँगै निशाना बनाएको थियो। इजरायली लडाकू विमानहरूले गरेको आक्रमणले उत्तरी गाजा पट्टीको सुरुङमा लुकेर बसेका तीनै जना हमासका अधिकारीहरु मारिएका इजरायलले जनाएको हो । 

इजरायलले लेवनानमा हिजबुल्लाह लडाकू बिरुद्ध आक्रमण गरिरहेको छ । त्यहाँ इजरायली सेना र हिजबुल्लाहका लडाकू बीच भीषण बमबारी भइरहेको बताइएको छ ।  बुधबारको युद्धमा ८ जना इजरायली संनिकको मृत्यु भएको छ । उता हिजबुल्लाहका तर्फ के कति क्षति भयो भन्नेबारे बताइएको छैन । आज बिहिबार ६ जना लेवनानी नारिकको मृत्यु भएको छ । गत वर्ष अक्टोबर ७ मा प्यालेष्टिनी लडाकू समूह हमासले एक्कासी इजरायलका आक्रमण गरेर १२ सय जना इजरायली नागरिकको हत्या गरेको थियो भने २५०जनालाई अपहरण गरेको थियो । त्यसपछि  इजरायल र हमासका लडाकूबीच युद्ध जारी छ ।

हमासलाई लेवनानमा रहेको अर्काे मुस्लिम लडाकू समूह हिजबुल्लाहले पनि सहयोग गरिरहेको हो । हिजबुल्लाहलाई इरानले हातहतियार सहयोग गर्ने गरेको अन्तर्राष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् । त्यस कारण इजरायलले हिजबुल्लाह केन्द्रित आक्रमण गरेको हो ।इजरायली आक्रमणमा ४० हजार भन्दा बढी  प्यालेष्टिनी नागरिकको मृत्यु भएको हमास नियन्त्रित स्वास्थ्य मन्त्रालयले जनाएको छ । हिजबुल्लाहले पनि इजरायलमाथि रकेट आक्रमण गर्ने गरेको छ ।

इजरायली आक्रमणमा इरानको समर्थन पाएको हिजबुल्लाहका नेताहरु मारिदै गएपछि इरानले हिजबुल्लाहलाई सघाउन इजरायलमाथि मंगलबार २ सय वटा मिसाइल हानेको थियो । तर त्यसलाइ इजरायलले रोकेको थियो । इजरायल र हिजबुल्लाहको आक्रमणमा इरान पनि सामेल भएपछि अब मध्यपूर्वमा युद्ध थप चर्किने आशंका गरिएको छ ।

प्रतिक्रिया