गर्मी यामसँगै देशभर डेंगु फैलिदो क्रममा, दुई हप्तामा ३ हजार बिरामी थपिए

गर्मी बढेसँगै डेंगुको संक्रमण पनि फैलिएको छ ।  पछिल्लो दुई हप्तामा डेंगुका झण्डै तीन हजार बिरामी थपिएका छन् । इपिडिमियोलोजी   तथा  रोग   नियन्त्रण  महाशाखाका अनुसार असार २५ गते सार्वजनिक गरेको तथ्याङ्क अनुसार डेंगु सङ्क्रमितको संख्या एक हजारको हाराहारीमा थियो । अहिले यो संख्या बढेर चार हजार पुगिसकेको छ । सुनसरीमा मात्रै दुई हजार पाँच सय बिरामी थपिएका छन ।  स्वास्थ्य संस्था नआउने तथा सम्पर्कमा नआएका बिरामी अझै हुन सक्ने महाशाखाको भनाइ छ । हालसम्म सुनसरीमा दुई हजार पाँच सय, धादिङमा २५८,  दार्चुलामा  १८८,  कास्कीमा  १४९,  सङ्खुवासभामा  ५८,  काठमाण्डौमा  ४६  जना,  कञ्चनपुरमा ३९ जना, भक्तपुरमा ३५, म्याग्दीमा ३५ र झापामा ३२ जना सङ्क्रमित भएका छन् । साउन महिनासँगै भदौ र असोजमा डेंगुको सङ्क्रमण अझै बढ्न सक्ने अनुमान छ ।
 

प्रतिक्रिया