कोशी टप्पुबाट बगेर भारत पुगेको अर्नाको बिहारका मन्त्रीले नै गरे हत्या,पाँच वटा संकटमा
काठमाडौं । बाढीका कारण नेपालको कोशी टप्पु बन्यजन्तु आरक्षबाट बगेर भारतको बिहार पुगेका अति दुर्लभ प्रजातिका ६वटा मध्ये एउटा अर्ना भैंसीको विभत्स हत्या गरिएको छ ।
भारतको बिहार प्रदेशका वहालवाला मन्त्री निरजकुमार सिंह (बब्लु) नै अर्नाको हत्या गर्ने मुख्य पात्र हुन्। उनले १५ गोली हानेर नेपाली अर्नाको हत्या गरेका छन् ।
अति दुर्लभ प्रजातिका जंगली जनावरको हत्या गर्न नपाइने अन्तर्राष्ट्रिय कानुन छ । उक्त कानुनको धज्जी उडाउँदै भारत बिहार राज्यका वहालवाला बन पर्यावरण तथा जलवायुमन्त्री निरजकुमार सिंह (बब्लु) ले बाहुबली शैलीमा अर्नाको विभत्स हत्या गरेका हुन् ।
गत शनिबार कोशी नदीमा आएको बाढीमा आधा दर्जन अर्ना कोशी टप्पु वन्यजन्तु आरक्षबाट बगेर भारतको बिहार राज्य अन्तर्गत सुपौल जिल्लाको रानीगञ्ज भन्ने स्थानमा पुगे । बाढी घटेपछि अर्नाको बथान स्थानीय गाउँमा प्रवेश ग¥यो । अर्नासँग सिंगौरी खेल्न तम्एिका एक भारतीयलाई अर्नाले हानेर मारिदियो ।
त्यसपछि मन्त्री बब्लुले अर्नालाई एउटा होइन १५/१५ गोली हानेर अर्नाको हत्या गरे ।
यस्ता अति दुर्लभ बन्यजन्युको संरक्षण गर्ने मुख्य जिम्मेवारी बनमन्त्रीकै हो । दुई दर्जन गोली खाएर छटपटिएको अर्नालाई त्यहाँका स्थानीयले लात्तै लात्ताले हानेको कारुणिक दृश्य यतिखेर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।
हजारौं स्थानीयको सामुन्ने त्यो पनि एउटा अति दुर्लभ जनावरको लखेटी लखेटी गोली हानी हत्या गर्नु कहाँसम्मा जायज हो ? एउटा अर्ना मारिएपनि थप पाँचबटा अर्ना अझै संकटमा रहेका छन् । कोशी टप्पु बन्य जन्तु आरक्ष कुशहा सुनसरी अर्नाको लागि संरक्षित क्षेत्र हो । यस बारे कोशी टप्पु बन्यजन्तु आरक्ष कुशहाका वार्डेनलाई सम्पर्क गर्ने प्रयास गरिएपनि सम्पर्क हुन सकेको छैन् । बाढीमा बगेर बिहार पुगेर जीवन मरणको लागि संघर्ष गरिरहेका ती बाँकी अर्नालाई जतिसक्दो छिटो नेपाल सरकार तथा सम्बन्धित निकायले फर्काउने पहल गर्न आवश्यक छ ।
प्रतिक्रिया